Incident Reports

धम्की दिँदै यौन शोषण गरेको आरोपमा हिमालय आँखा अस्पतालका लेखा प्रमुख सुवेदी प्रहरी नियन्त्रणमा

2020-09-04

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा, २३ भदौ । पोखराको एक मात्र आँखा अस्पताल हिमालय आँखा अस्पतालकी महिला कर्मचारीलाई यौन शोषण गरेको आरोपमा सोही अस्पतालका लेखा प्रमुख बामदेव सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार दिन बितेपछि मंगलबार मात्र पिडित महिलाले उजुरी दिएसँगै सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आफुमाथि यौन शोषण भएको भन्दै अस्पताल प्रशासनलाई शुक्रबार नै उजुरी दिएकी थिइन् । आफुमाथि यौन शोषण गरेको भन्दै सो महिलाले उजुरी दिए पछि शुक्रबार नै अस्पताल प्रशासनले ती कर्मचारीलाई निलम्बन गरेर छानबिन शुरु गरेको अस्पतालले जनाएको छ । पिडित महिलाले किन यत्तिका दिन सम्म उजुरी दिएनन् भन्ने चासो बढिरहेको बेला उनले जिल्ला प्रहरी कार्यालयमा सुवेदीको बिरुद्ध उजुरी दिएकी हुन । महिलाले ४ दिन सम्म पनि उजुरी नदिँदा घटना गुपचुप हुने हो कि ? भन्ने आशंका पैदा भएको थियो ।

करीब ३८ वर्षीया सो महिलालाई लेखा प्रमुख बामदेव सुबेदीले ४ बर्ष अगाडी देखि बिभिन्न डर, धाक र धम्की दिएर शारिरिक शोषण गर्दै आएको महिलाको आरोप छ । सुबेदीले अस्पताल प्रशासन तथा ब्यवस्थापन समितिसँग आफु नजिक रहेको र घटना बाहिर ल्याए जागिर खाइदिने धम्की दिदैँ यौन शोषण गर्ने गरेको पिडित महिलाको आरोप छ । करीब ४ बर्ष अगाडी देखि हुँदै आएको यौन शोषण नरोकिए पछि महिला बाध्य भएर अस्पताल प्रशासनलाई उजुरी दिएको बताइएको छ । सुवेदीले डर ,धाक र धम्की दिँदै कर्मचारीहरुलाई पनि शारिरिक शोषण तथा दुराचार गर्ने गरेको आरोप सुवेदीमाथी रहेको छ ।

उक्त महिलाले अस्पताल प्रशासनमा भने आफुमाथी यौन शोषण हुँदै आएको उजुरी दिएकी थिइन । सो उजुरी उपर छानबिन भैरहेको अस्पताल प्रशासनले जनाएको छ । सो बिषयमा बिभागिय छानबिन मात्र अस्पतालले गर्ने हुँदा उचित न्यायका लागी पिडितले प्रहरीमा उजुरी दिनुपर्ने पनि अस्पताल प्रशासनको भनाई रहेको थियो ।

सुवेदीको बिरुद्ध दुई जनाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि सुवास हमालले जनाकारी दिएका छन् । घटनाको बिषयमा आवश्यक अनुसन्धान भैरहेको र आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको पनि हमालले जानकारी दिएका छन ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments