Incident Reports

उर्लाबारीमा दलीत बालिका घरभित्र छिरेको भन्दै निर्घात कुटपिट, एक पक्राउ

2020-09-07

Province 1, Morang, Uralabari, Ward 4

विराटनगर / मोरङको उर्लाबारी – ४ थापाडाँगीस्थित दलित बालिका पानी लिन घर भित्र भिरेको भन्दै निर्घात कुटपिट गरेको छ । छिमेकी नन्नदाल श्रेष्ठको घरमा आइस जमेको पानी लिन पसेको भन्दै १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की) लाई निर्घात कुटपिट गरेको हो ।

फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र २३ वर्षिय छोरा अम्बिरले २२ भदौमा कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । ‘६ वर्षिय नातिनी नुकुर लडेर चोट लागेको थियो । घाउ सेक्न फ्रिजमा जमेको आइस घरमा नभएपछि फुलसरीलाई ल्याउन छिमेकीको घरमा पठाएको थिए,’ दुर्गाकुमारीले भनिन ।

घरभित्र दलीत पसेको भन्दै अबोध बालिकामाथि पीरिवाले निर्घात कुटपिट गरेको उनले बताइन् । ‘नानी कराएको सुनेपछि छुटयानउन छिमेकीको घरमा पुगेको थिए । यसरी सानो बालिकालाई कुटपिट गर्नु हुदैन भन्दै छुटयाउन पुग्दा आफूमाथि पनि थिए,’ निर्मलाले लछारपसार गरि कुटपिट गरेका छन्,’ दुर्गाकुमारीले भनिन् ।

कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ । दुई महिना अगाडी पनि श्रेष्ठ परिवारले ६ वर्षको नातिनी घर भित्र पसेको भन्दै कुटपिट गरेका थिए । ‘छिमेकीमा बस्दा सानो कुरालाई किन झगडा गर्नु भन्दै त्यसबेला चुपचाप बसेका थियौ,’ उनले भनिन्, ‘अहिले आएर पुन बिगतको घटना दोहोरिएको छ ।’ फुलसरीको आमाबुबा बेपत्ता भएपछि दुर्गाले नै आश्रय दिइरहेकी छिन् ।

जातीय विभेद गरेर कुटपिट गरेको भन्दै दुर्गाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छिन् । जाहेरी परेपछि प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले २३ वर्षय अम्बिर श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका छोरा हुन् । इप्रका उर्लाबारीका प्रमुख इस्पेक्टर सुवास राईले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । यता श्रेष्ठ परिवारले श्राद्ध भएकोले छिमेकी बालिका घरभित्र पसेकोले भनाभन मात्र भएको दाबी गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
National/Online Media

0 Comments