Incident Reports

बाजुरामा प्रहरीमाथि आक्रमण, तीन जना घाइते

2020-09-07

Sudurpashchim, Bajura, Tribeni, Ward 4

बाजुरा: बाजुराको त्रिवेणी नगरपालिका –४ तोलीमा मदिरा सेवन गरेकालाई पक्राउ गर्दा प्रहरीमाथि आक्रमण भएको छ। २२ गते राति वडा नम्बर ४ तोली बस्ने नरेन्द्र साउदलाई प्रहरीले स्थानीय बजारमा मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै प्रक्राउ गरेको थियो। त्यसपछि मादक पदार्थ सेवनको चेकजाँच गर्न उनलाई तोली स्वास्थ्य चौकी लगिएको थियो।

उनको जाँचपछि प्रहरी चौकी लैजादैगर्दा प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरेका छन्। स्थानीयको अक्रमणबाट तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए। आक्रमणबाट प्रहरी सहायक निरीक्षक(असई) रघुबिर बढु, हवल्दार नारद सिं बिष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका उनले जानकारी दिए।

घाइते असई बढुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने दुई जनाको तोली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीमाथि आक्रमण गर्ने तीन जनालाई प्रक्राउ गरिएको र अन्य चार जना फरार रहेको जनाइएको छ।

त्रिवेणी नगरपालिकाले नगर क्षेत्रलाई मदिरा निषेधित भनेर घोषणा गरेको भएपनि त्यहाँ खुलेआम मदिरा बिक्रि भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments

Related Reports