Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-05

Province 1, Panchthar, Phidim, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–१ का ५५ वर्षीय कुलराज सुब्बा लिम्बूलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपित फिदिममा रहेको निलकण्ठ बोडिङ्ग स्कूलका प्रिन्सीपल भएको पीडित पक्षको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ गते जिल्ला अस्पतालमा गरिएको छ ।

मङ्गल वेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments