Incident Reports

१६ वर्षीय किशोरको हत्या अभियोगमा एक पक्राउ

2020-09-07

Karnali, Salyan, Kumakhmalika, Ward 2

सल्यानमा १६ वर्षे किशोरलाई हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्लाको कुमाख गाउँपालिका वडा नं. २ निवासी १६ वर्षीय किशोर जनक खत्रीकाे हत्या अभियोगमा स्थानीय २९ वर्षीय देवराज जैशी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार भदौ २२ गते बेलुका ८ बजेतिर जैशीले खत्रीलाई मुल नेटाबाट गुरुदासे तर्फ जाँदै गर्दा काभ्रअठाले भन्ने ठाउँमा कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ। प्रहरीका अनुसार जैशी र खत्री दुबै छिमेकी हुन्। घटना भएको दिनमा पनि उनीहरु दुबै जनाले सँगसँगै मदिरा सेवन गरेका थिए। घरतर्फ जाँदै गर्दा उनीहरुका बीचमा सामान्य विवाद भएपछि जैशीले खत्रीलाई कुटपिट गरेको र पछि भिरबाट खसालेको अभियाेग छ।  ‘घटनाबारे अझै अनुसन्धान जारी नै छ,’ निमित्त प्रमुख वलीले भने ‘अनुसन्धान पुरा भएपछि तथ्य कुरा सार्वजनिक गर्छौं।’

मृतक खत्रीको तर्फबाट स्थानीय टेकबहादुर बुढाथोकीले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा जैशीले खत्रीलाई आँखा र कन्चटमा गम्भीर ढंगले आक्रमण गरी सडकको डिलबाट १५ मिटर तल खसाई हत्या गरेको उल्लेख छ।

किटानी जाहेरीका आधारमा प्रहरीले अभियुक्त जैशीलाई मंगलबार दिउँसो घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक वलीले जानकारी दिए। घटना अनुसन्धानका लागि अभियुक्तविरुद्ध जिल्ला अदालत सल्यानबाट बुधबार १५ दिने म्याद थप भएको प्रहरीले जानकारी दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports