Incident Reports

सामुहिक बलात्कार प्रयासका आरोपितहरू विरुद्ध मुद्दा दायर l

2014-05-06

Bagmati, Kathmandu, Kathmandu

९०६ नम्बरको भाडाको गाडी भित्रै आरोपितहरूले बलात्कार प्रयास गरेका थिए । नजिकैका अर्का ट्याक्सी चालकले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरेको थियो । चितवन जिल्ला घर भएकी पीडित बालिका तीन महिनादेखि काठमाडौस्थित काका काकीको कोठामा बस्तै थिइन् । काकाले कुटपिट गरेपछि आफूले कोठा छोडि घर हिंडेको पीडितले प्रहरीलाई बयान दिएकी छन् । चितवन घर फर्कन भनेर कलंकीस्थित रहेको मकालु पेट्रोल पम्प अगाडि गाडी कुरेर बसिरहेको अवस्थामा आरोपितहरूले भोलि चितवन पठाईदिने र आज गाडी नजाने भन्दै बाफलस्थित पेट्रोल पम्प पुर्‍याएका थिए । आरोपितहरू मध्ये नविन गाडी ड्राइभर र अर्का खलासी हुन् । पीडितको वैशाख २३ गते वीर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । पीडितको कुनै आफन्त नआएका कारण हाल उनलाई सीविन नेपालको संरक्षणमा पठाइएको सई धामीले जानकारी दिए । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis