Gaman Singh Khadka
दाङ । ०७१ वैशाख २४ गते
पुरन्धारा गाविसस्थित जनकल्याण मावि पदमपुर नजिक वैशाख २४ गते बिहान बेवारिसे अवस्थामा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी सरदकुमार खत्रीका अनुसार विद्यालयको प्राङ्गण नजिकै भेटिएको प्रेसर कुकर भित्र पुरानो सकेट बम रहेको जानकारी दिए । विद्यालय नजिक बम भेटिएपछि विद्यालयको पढाइ बन्द भएको छ ।
बम नेपाली सेनाको १९ नम्बर बाहिनी तुल्सिपुरबाट गएको बम डिस्पोजल टोलीले निष्कृय बनाएको जिल्ला प्रहरी कार्यालयका एसपी खत्रीले बताए । बम कसले किन राखेको भन्ने केही खुल्न नसकेको तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गमनसिंह खड्का