Incident Reports

भाइमाथि खुकुरी प्रहार गर्ने दाइ पक्राउ

2020-09-10

Province 1, Terhathum, Laligurans, Ward 7

तेह्रथुममा भाइलाई खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएको आरोपमा दाइ पक्राउ परेका छन्।

लालिगुँरास नगरपालिका-७ लसुने बस्ने २९ वर्षीय सल बहादुर तामाङमाथि उनका दाइ राम बहादुर तामाङले खुकुरी प्रहार गरेका थिए।

सो खबर प्राप्त भएपछि प्रहरीले उनलाई बिहीबार बेलुकी पक्राउ गरेको हो।

घरायसी विवाद हुँदा मादक पदार्थ सेवन गरेका राम बहादुरले आफ्ना भाइ सलबहादुरमाथि खुकुरी प्रहार गरेका हुन्।

रामबहादुरलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको हो।

उनको पनि घुँडामा चोट लागेको र दुबैको उपचारको लागि धरानको घोपा लगिएको नेपाल प्रहरीले जनाएको छ।

यससम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports