Incident Reports

न्यूज २४ कर्मी ललन मण्डललाई जनप्रतिनिधिद्वारा हात र जिब्रो काट्ने धम्की

2020-09-10

Madhes, Mahottari, Bardibas, Ward 6

महोत्तरी, २६ भदौ । महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेखेको भन्दै न्यूज २४ टेलिभिजनका टिभी जर्नलिष्ट ललन मण्डललाई स्थानीय जनप्रतिनिधिले हात र जिब्रो काट्ने धम्की दिएका छन् ।

तीन दिन अगाडि पत्रकारद्वय ललन मण्डल र सुरेन्द्र सिंहले क्रसर माफियाको बदमासीबारे न्यूज २४ टिभी र यस्को अनलाइन संस्करण र नेपालवाणी समाचार प्रशारण र प्रकाशन गरेका थिए । सोही विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा हिंसालाई बढावा दिने खालको टिप्काटिप्पणी भइरहेको छ । कारण हो– क्रसर माफियासँग जनप्रतिनिधिको साँठगाठ ।

सुमित बालुवा प्रशोधन उधोगले रातो नदीमा अवैध उत्खननका लागि बाटो बनाउन तटबन्ध भत्काएको समाचार बाहिर ल्याएपछि बर्दिबास नगरपालिका ७ का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले फेसबुकमा स्टाटस लेखे । उक्त स्टाटसमा बाबु चौलागाईको नामको व्यक्तिले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भन्दै कमेन्ट वस्कमा टिप्पणी गरेका छन् ।

चैलागाइले गरेको टिप्पणीमा वडा अध्यक्ष मगरले ‘हजुर, त्यसको लागि त तयार छु जुध्न’ भन्ने रिप्लाई गरेका छन् । वडाध्यक्ष मगरको भाषा आपत्ति जनक छ । उनले पत्रकारलाई तानाशाही शैलीमा जे पनि गर्न सक्छन् भन्ने स्पष्ट भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments