Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-09-09

Lumbini, Kapilbastu, Banganga, Ward 10

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाणगङ्गा नपा –१० पकडीचापाका २३ वर्षीय बाउरे भनिने पल्टु थारु विरूद्ध पीडित महिलाले भदौ २४ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितले भदौ २३ गते बलात्कार गरेको पीडित महिलाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरीका आधारमा भदौ २५ गते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, पिपराका इन्स्पेक्टर आयुषकुमार जोसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते कपिलवस्तु अस्पतालमा गरिएको छ ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments