Incident Reports

कञ्चनपुरमा इन्सपेक्टर सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट

2020-09-12

धनगढी : कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरिक्षक मुकेश सिहले ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिह सहितका प्रहरी कर्मचारीमाथि कुटपिट भएको घटनाको विषयमा छानविन गर्न निर्देशन दिईएको बताए।

‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएको रहेछ। सोही क्रममा प्रहरीमाथि कुटपिट भएको भन्ने छ।’ वरिष्ठ प्रहरी उपरिक्षक सिहले भने, ‘उक्त घटनाको छानविन गर्न निर्देशन दिईसकेका छौँ।’

यस्तै आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेको प्रहरीले दावी गरेको छ।   

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports