Incident Reports

ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ

2020-09-11

Lumbini, Banke, Nepalgunj, Ward 17

बाँके – प्रहरीले बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा नरेश चमारसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आफ्नी श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लगत्तै नर्सिंङ होम नेपालगञ्जमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाको जनाकारी पाएलगत्तै घटनस्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports