Incident Reports

सामुहिक बलात्कारका आरोपित विरुद्ध मुद्दा दर्ता l

2014-05-09

Province 1, Okhaldhunga, Sunkoshi

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७१ वैशाख २६ गते एक १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयले वैशाख २६ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । आरोपितहरूले बालिकालाई पटक-पटक बलात्कार गरेको उजुरी र स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा जिल्ला अदातलमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । कटुञ्जे गाविस-८ का २५ वर्षीय नरेश कुमार कट्वाल र एक जना १३ र तीन जना १४ वर्षीय बालकहरूलाई गिरफ्तार गारी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए । ६ जना विरुद्ध उजुरी परेकोमा राजन अधिकारी अहिले पनि फरार रहेको उनले बताए । पटक-पटक आफूलाई जबर्जस्ती बलात्कार गर्दै आएको पीडित बालिकाले बताइन् । पछिल्लो पटक वैशाख २३ गते ती युवाहरूले बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि गाँउलेहरूले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । आरोपितहरूले समेत अभियोग स्वीकारेकाले मुद्दाको प्रकृया अगाडि बढेको प्रहरी निरीक्षक भगरिथ रेग्मीले बताए । रेग्मीले आरोपितहरूले पटक-पटक बलात्कार गरेको खुलेको बताए । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis