Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-09-12

Karnali, Mugu, Chhayanath Rara, Ward 3

२९ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नपा -२ का ३१ वर्षीय बिष्णु रावतलाई भदौ २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले छायाँनाथ रारा नपा -३ लामाचौर स्थित होटलमा बलात्कार गर्न खोजेको भन्दै पीडितले प्रहरीलाई फोन मार्फत जानकारी दिएपछि रावतलाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादु भट्टराइले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

डिएसपी भट्टराइका अनुसार पीडितले आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २८ गते बलात्कार प्रयास आरोपमा उजुरी दर्ता गराउनु भएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २७ गते गरिएको अस्पताल प्रमुख निर्मल नगरकोटीले जानकारी दिनुभयो ।

जीवन सेजुवाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments