Incident Reports

प्रदेशसभा २ का सदस्य थापामाथि आक्रमण

2020-09-14

Karnali, Dailekh, Bhairabi, Ward 3

दैलेख । क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य शुशिल थापामाथि नियोजित रुपमा साङ्घातिक आक्रमण भएको छ ।

आफ्नो निर्वाचत क्षेत्रअन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीमाथि आक्रमण भएको हो । वडा नं. ३ मा नेकपाको पार्टी कार्यालय स्थापनासँगै ४२ घरका करिव दुई सय जना बढी नेपाली काँग्रेस कार्यकर्ता परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो । 

“आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मलाई पनि त्यहाँ उपस्थितीका लागि खवर भयो, नेकपाका पालिका स्तरका नेता तथा कार्यकर्ता, गाउँपालिका उपप्रमुख लगायतको उपस्थिती थियो । बिहानको कार्यक्रम स्थानीयको निधन भएकाले केही बेर ढिला गरी सञ्चालन भयो, मैले पार्टी कार्यालय उद्घाटनको बोर्ड राख्दै थिए । छ जनाको समूहले एकाएक आक्रमण शुरु गर्र्यो । अत्यधिक रुपमा मदिरा सेवन गरेको समूहले गाउँपालिकाका उपाध्याक्ष, नेकपाका पार्टी सचिव लगायतका नेतामाथि धमाधम आक्रमण गर्र्यो, उनी सबैलाई हुत्याउँदै मलाई समेत आक्रमणको प्रयास गरिएको थियो, जनताले बचाउन सफल भए । त्यहाँ रक्तपात गर्ने योजना बनाएर दुल्लूका नेपाली काँग्रेसका नेताले योजनाबद्ध आक्रमण गर्ने प्रयास गरेको रहेछ”, उनले भने ।

                                



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
National/Online Media

0 Comments