Incident Reports

भोकले भन्दा रोगले मर्नु बेस भन्दै काठमाडौँमा नाइहरुको प्रदर्शन (तस्बिरहरु)

2020-09-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – रोगले भन्दा भोकले मर्न थालेको भन्दै नाई श्रमिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

मंगलबार बिहान जाउलाखेलबाट सुरु भएको विरोध  र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हाे।

सयौँको संख्यामा रहेका नाई श्रमिकहरु आफ्ना औजारसहित प्रदर्शनमा उत्रेका थिए। उनीहरुले लामो सयमदेखिको लकडाउनका कारण आफूहरु भोकले मर्न थालेको बताएका छन्।

भोकले मर्नुभन्दा राज्यले नै गोली हानेर मारोस् भन्ने चाहेर बाध्य भइ सडकमा उत्रेका उनीहरुको भनाइ छ।

नाइ श्रमिकहरुले निशुल्क पीपीई सेट उपलब्ध गराउन र ५० लाखसम्मको जीवन बिमा निशुल्क गर्न माग गरेका छन्। उनीहरुले सैलुन र पार्लर तुरुन्त खोल्न दिन पनि माग गरेका छन् ।

संयुक्त नाई  श्रमिक संघर्ष समितिको अगुवाईमा प्रदर्शन भएको हो । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

        

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Government Relief
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments