Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2014-05-08

Madhes, Sarlahi, Haripur

Bidur Kumar Pyakurel सर्लाही । ०७१ वैशाख २६ गते एक १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा घुर्कौली गाविस-६ का ५६ वर्षीय काले पाख्रिनलाई वैशाख २५ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित पाख्रिनले वैशाख २५ गते पीडित बालिकालाई नजिकै रहेको सामुदायिक वन क्षेत्रमा बलात्कार गरेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्पष्ट बोल्न नसक्ने पीडित बालिकालाई आरोपितले यस अघि पनि सामुदायिक वन क्षेत्रमा पुर्‍याएर पटक-पटक बलात्कार गरेको आरोप छ । बालिकालाई जिल्ला अस्पताल, मलंगवामा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित पाख्रिन इलाका प्रहरी कार्यालय, हरिपुरको हिरासतमा रहेका छन् । प्रहरीले पीडकलाई आवश्यक प्रक्रिया पुर्‍याई कार्बाही अघि बढाउने जनायो । विदुरकुमार प्याकुरेल

0 Comments

Related Reports
Related Trend Analysis