Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-09-14

Bagmati, Lalitpur, Bagmati, Ward 2

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त चापागाउँले भदौ २९ गते बागमती गाउँपालिका–२, माल्टाका ४४ वर्षीय दिनेश जिम्बा तामाङलाई गिरफ्तार गरेको छ ।

पीडितले भदौ २९ गते डरत्रास देखाइ बलात्कार प्रयास गरेको आरोपमा तामाङ विरुद्ध उजुरी आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख एवम् डिएसपी कृष्णराज ओझाले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई यस अघि पनि पटक/पटक बलात्कार प्रयास गर्दै आए पनि आरोपितको धम्कीका कारण उजुरी नगरेको पीडित परिवारले जनाएको छ । भदौ ३० गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आरोपितमाथि अनुसन्धान थालिएको डिएसपी ओझाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ३० गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डा.रवि शाक्यले जानकारी दिनु भयो ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments