Incident Reports

छोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी l

2014-05-11

Kiran Rai भोजपुर । ०७१ वैशाख २८ गते आफ्नै ८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा आरोपित विरुद्ध वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । वैशाख २४ गते दिउँसो घरमा सुतिरहेको अवस्थामा मुख थुनेर आवाज निकालेमा मारिदिने धम्की दिई बलात्कार गरेर आरोपित भागेको पीडितले बताईन् । यसभन्दा अघि पनि चार पटकसम्म बलात्कार गरेको प्रहरीले जनाएको छ । बलत्कारपछि आरोपित तत्कालै फरार रहेको इलाका प्रहरी कार्यालय घोरेटारका सई श्यामसुन्दर कामुदले जनाए । आरोपितको खोजीकार्य भई रहेको पनि उनले बताए । पीडितको वैशाख २८ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा स्वास्थ्य परीक्षण गरिएको छ । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis