Incident Reports

पत्रकार महासंघ बझाङ शाखामा अध्यक्ष र सचिवको हालिमुहाली : प्रेस संगठनद्वारा कार्यालयमा तालाबन्दी

2020-09-14

Sudurpashchim, Bajhang, Jaya Prithivi

बझाङ, ३० भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले सदस्यता थप सम्बन्धी पठाएको निर्णयप्रति प्रेस संगठन जिल्ला शाखा बझाङले आपत्ति जनाएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र प्रदेशबाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुको नामसहित सिफारिस गर्न भनेर परिपत्र आएकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैर पत्रकारहरुको सदस्यता सिफारिस गरेको भन्दै प्रेस संगठन नेपाल जिल्ला शाखा बझाङले आपत्ति जनाएको हो ।

जिल्लामा सञ्चालित विभिन्न मिडिया हाउस र पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई नभई नेपाल पत्रकार महासंघमा आफ्नो दबदबा कायम गरिराख्नका लागि ब्यापारीदेखि कानून ब्यवसायी र राजनीतिज्ञसम्मलाई महासंघको सदस्यता वितरणका लागि सिफारिस गरेको हो ।

गैर पत्रकारहरुको खारेजीको माग गर्दै आएको प्रेस संगठन नेपालले यसपटक पनि सिफारिस गरिएका गैर पत्रकार हरुको सदस्यता सिफारिसलाई सच्याउनुपर्ने भन्दै नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघले आफ्ना गतिविधिलाई नसच्याएसम्म चरणबद्धरुपमा आन्दोलन गर्ने प्रेस संगठन बझाङका अध्यक्ष रमेश केसीले बताए । आज एक विज्ञप्ती जारी गर्दै संगठनले महासंघ भित्रको राजनीति कम गर्नुपर्ने र नातागोता, राजनीतिक दलका कार्यकर्ताहरुको सदस्यता खारेज गर्नुपर्ने माग राख्दै सिफारिस गरिएका नयाँ १८ जना गैर पत्रकार र राजनीतिक दलका कार्यकर्ताहरुलाई खारेज गर्नुपर्ने माग राखेको छ ।

यसअघि नेपाल पत्रकार महासंघ बझाङ शाखाले महासंघका अध्यक्ष जगदीश रोकायाको हस्ताक्षरित सिफारिस पत्रमा ३६ जना नयाँ सदस्यहरुको नामावलीसहित प्रदेश र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो ।

सोही पत्रमा उल्लेख गरेका ३६ जना पत्रकारहरुमध्ये १८ जनालाई अध्यरक्ष र सचिवले नाताबाद कृपावाद गरी सिफारिस गरेको भन्दै प्रेस संगठन नेपाल बझाङ शाखाले आपत्ति जनाएको हो ।

पत्रकारिता पेसा आफैमा मर्यादित र स्वतन्त्र भएपनि बझाङ पत्रकार महासंघमा भने अध्यक्ष जगदिश रोकाया र सचिव शैलेन्द्र रोकायाको हालिमुहाली चल्दै आएको छ । अध्यक्ष र सचिव मिलेर महासंघका कुनै पदाधिकारीसँग समन्वय नै नगरी दादागिरी शैलीमा गैर पत्रकारहरुलाई सदस्यता दिने गरेका छन् ।

अध्यक्ष र सचिवले महासंघको पेसागत पत्रकार भन्दा पनि आफ्नो नातेदार, आफन्तलाई सदस्ताका लागि सिफारिस गर्ने गरेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments