Incident Reports

बलात्कार प्रयास आरोपमा उजुरी l

2014-05-11

Bagmati, Dolakha, Gaurishankar

Uddhav Pokharel दोलखा । ०७१ वैशाख २९ गते एक १८ वर्षीया महिलालाई झयाकु गाविस-३ की ३५ वर्षीय रमेश बस्नेतले बलात्कारको प्रयास गरेको आरोपमा पीडितले वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । स्थानीय सेतीदेवी प्राविका शिक्षक आरोपित बस्नेतले सोही विद्यालयमा निजी श्रोतमा कार्यरत पीडितलाई बारम्बार विद्यालयमा नै बलात्कारको प्रयास गर्ने गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । पछिल्लो पटक वैशाख १५ गते बारीमा जानलाग्दा एकान्त जङ्गल बाटोमा बलात्कारको प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । पीडितको वैशाख २८ गते प्राथमिक स्वास्थ्य उपचार केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षण भयो । आरोपित रमेश बस्नेत फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश राईले बताए । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis