Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2020-09-15

Madhes, Dhanusha, Kamala, Ward 4

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–४ का ३० वर्षीय आशाराम दास र धनुषा जिल्ला कमला नपा–४ की १९ वर्षीया बिनिताकुमारी दासलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले भदौ ३० गते गिरफतार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरूले ०७६ साउन ३१ गते बालिकालाई ललाइफकाइ काम लगाइ दिन्छु भनी घरपरिवारको कसैलाई थाहा नदिइ गोलबजारमा डेरा गरी राखेको र केही दिनपछि नै ज्यान मार्ने धम्की दिँदै विभिन्न पुरुषहरुसँग यौन सम्बन्ध राख्न लगाएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

छोरी हराएको सूचना इलाका प्रहरी कार्यालयमा महेशपुरमा ०७६ साउन ३१ गते नै जानकारी गराए पनि छोरी भेटिएको थिएन ।

आरोपितले लुकाएर यौन कार्यमा लगाएको सूचनाको आधारमा आरोपितद्वयविरुद्ध भदौ ३१ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

आरोपित दुवै जनालाई मौखिक उजुरीका आधारमा भदौ ३० गते गोलबजारबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ३१ गते भएको छ ।

दुर्गा परियार

0 Comments