Incident Reports

बालिका बलात्कारका फरार आरोपित गिरफ्तार l

2014-05-09

Madhes, Bara, Kalaiya

Laxmi Sah Sonar बारा । ०७१ वैशाख २६ गते बलात्कार गरेपछि मृत्यु भएकी कलैया नपा-७ की ६ वर्षीया बालिका रियाकुमारी साहको घटनामा संलग्न रहेका फरार रहेका दुई जना आरोपितलाई प्रहरीले वैशाख २६ गते सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरी सो घटनाका दुई जना आरोपितहरूलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका आरोपितहरूमा कलैया नपा-७ का ३८ वर्षीय सञ्जिव विक्रम साह र २८ वर्षीय बैजु राउत मेस्तरलाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको जनाएको छ । भारतको रक्सौल घर भई मामा घर बस्दै आएकी बालिका रियालाई ०७० चैत २७ गते साँझ ललाई-फकाई बरेवा स्थित बेवारिसे दरबारमा लगि बलात्कार गरेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रामनाथ घिमिरेले आरोपित मध्ये साहले मदिरा सेवन गरी मृतक बालिकालाई चकलेट किनिदिने बहानामा बोलाएर दरबारमा लगेको र त्यहीँ बलात्कार गरी फरार भएको जनाए । अर्का अभियुक्त मेस्तर बालिकालाई दरबारसम्म पुर्‍याउन सहयोगीको भूमिका निर्वाह गरेको प्रहरी निरीक्षक घिमिरेले बताए । रात परेपछि पनि बालिका घर नफर्केपछि प्रहरी र आफन्तले खोजतलाश तीव्र पारेका थिए । खोजीकै क्रममा घर भन्दा २ सय मिटर पश्चिम दरबार पछाडि राती १२ बजे ती बालिका अचेत अवस्थामा फेला परेपछि तत्कालै उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएकोमा उपचारकै क्रममा बालिकाको मृत्यु भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार बालिकाको मृत्यु अत्यधिक रक्तश्राव र सास निस्सासिएर भएको थियो । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis