Incident Reports

कञ्चनपुरमा भतिजामाथि कुटपिट, बुवाछोरा पक्राउ

2020-09-17

Sudurpashchim, Kanchanpur, Beldandi, Ward 2

कञ्चनपुरमा जग्गा सम्बन्धी विवाद हुँदा बुवाछोराले भतिजामाथि कुटपिट गरेका छन्।

जिल्लाको बेल्डाडी गाउँपालिका वडा नम्बर २ मा जग्गा सम्बन्धी विवाद हुँदा स्थानीय कृष्ण भट्ट र उनका छोरा दिपक भट्टले भतिजा गणेश भट्टमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बुवाछोराको कुटपिटबाट घाईते भएका भट्टको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जानकारी दिए।

अचेत अवस्थामा रहेको उनलाई कुटपिट गर्ने बुवाछोरालाई ईलाका प्रहरी कार्यालय बेल्डाडीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए। भट्टको बाहिरी शरिरमा चोटपटक नभएपनि भित्रि चोट रहेको उनले जनाए।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports