Incident Reports

मानव बेचबिखनका आरोपित गिरफ्तार l

2014-05-12

Bagmati, Bhaktapur, Suryabinayak

San Bahadur Thapa कास्की । ०७१ वैशाख २९ गते एक २१ वर्षीया महिलालाई विवाह गर्ने प्रलोभनमा मानव बेचबिखन गरेको आरोपमा भक्तपुर जिल्ला दधिकोट गाविस-५ घर भई सराङकोट गाविस-२ बस्ने ३२ वर्षीय मदन खड्कालाई जिल्ला प्रहरी कार्यालयले वैशाख २९ गते गिरफ्तार गरेको छ । आरोपित खड्का सहित पोखरा उमनपा-१८ भेडीफाराम बस्ने ३१ वर्षीया ललिता नेपाली, चितवन जिल्ला खैरनी गाविस-१ घर भई नवलपरासी जिल्ला अरुणखोला बस्ने २२ वर्षीया सम्झना दराई, भक्तपुर जिल्ला दधिकोट गाविस-५ का ३२ वर्षीय रवीन श्रेष्ठले पीडित महिलालाई ०७० चैत ९ गतेदेखि ०७१ वैशाख २५ गतेसम्म विभिन्न ठाउँमा लगि विवाहको प्रलोभनमा पारी भाग्न, उम्कन नदिई यौन शोषण गरेको भन्दै पीडितका आफन्तले वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनामा संलग्न आरोपित मदन खड्कालाई मानव बेचबिखन तथा ओसार-पसार मुद्दामा अनुसन्धान भइरहेको र अन्य आरोपितहरूको खोजबिन कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर नरहरि अधिकारीले बताए । सनबहादुर थापा

0 Comments