Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2020-08-29

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीया निवासी नेपाली सेनामा कार्यरत सिपाही २२  वर्षीय वीरेन्द्र शाहीविरूद्ध पीडितले असोज २ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।

पीडित बालिकालाई कालिकोटस्थित रणसुर गुल्ममा कार्यारत आरोपित शाहीले भदौ १३ गते बलात्कार गरेको र प्रहरीमा उजुरी नगर्न धम्क्याएको भन्दै सहयोगका लागि पीडित बालिकाले इन्सेकमा पनि निवेदन दिएकी छन् ।

पीडित बालिकाले अवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहायतका लागि मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा निवेदन दिएकी हुन् ।

पीडित बालिकाले आरेपितविरूद्ध बलात्कारको शीर्षकमा उजुरी  दिएको र नेपाली सेना रणसुर गल्मलाई पत्र लेखी पठाइएको हुनाले प्रक्रियामा ढिलाइ भएकाले समयमा उजुरी दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भिष्म पाख्रेलले बताउनु भयो ।

कालीबहादुर मल्ल

Update

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीयाका २२ वर्षीय वीरेन्द्र शाहीलाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडितले आरोपित शाहीविरूद्ध भदौ ३१ गते गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको भएपनि प्रक्रियामा ढिला हुँदा आरोपित गिरफ्तार गर्न समय लागेको डिएसपी चक्रबहादुर शाहीले बताउनु भयो ।

पीडित बालिकालाई कालिकोटस्थित रणसुर गुल्मका जवान शाहीले भदौ १३ गते बलात्कार गरेको पीडितको आरोप छ ।

पीडितले भदौ ३१ गते नै उजुरी दिएपनि प्रहरीले दर्ता गर्न ढिलाइ गरेको थियो । इन्सेकको पहल र सहयोगले प्रहरीले उजुरी दर्ता गरेर आरोपितलाई गिरफ्तार गरेको पीडित बालिकाले बताइन् ।

पीडित बालिकाले अवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहयोगको माग गर्दै मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा असोज ३ गते निवेदन दिएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण असोज २ गते गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भिष्म पाख्रेलले बताउनु भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments