Incident Reports

संविधान विभेदकारी भन्दै राजपा कपिलवस्तुद्वारा विरोध सभा

2020-09-19

Lumbini, Kapilbastu, Kapilbastu

संविधान विभेदकारी भन्दै राष्ट्रिय जनता पार्टी कपिलवस्तुले तौलिहवामा विरोध सभा गरेको छ। राजपाले संविधान दिवसलाई कालो दिवसकारुपमा लिदै विरोध सभासहित अन्तरक्रिया गरेको हो। संविधान जारी भएको ५ वर्ष बित्दा समेत मधेसी, जनजाति पीछडा वर्ग लगायतको हक अधिकार सुनिश्चित नगरेको भन्दै शनिबार कालो ब्यानर र कालो पट्टी बाधेर राजपाका नेता कार्यकर्ताहरु सो कार्यक्रममा सहभागी भएका थिए। उनीहरुले संविधानलाई सबैको साझा र अपनत्वग्रहण गर्ने बनाउनु पर्ने माग गरे।   सो अवसरमा राजपाका केन्द्रीय नेता रबिन्द्र मिश्राले संविधान त्रुटिपूर्ण रहेको र जारी भएको ५ वर्ष बिति सक्दा पनि संशोधन नहुनु दुःखद कुरा भएको बताए। ‘ओली नेतृत्वको दुई तिहाईको सरकार गठन भएको ढाई वर्ष भयो तर संविधान संशोधनमा सरकार उदासिन देखिएको छ’ उनले भने, ‘निर्वाचनका बेला मधेसमा संविधान संशोधन गर्ने आश्वासन दिएर भोट लिएका दलहरु समेत अहिले संशोधनमा मौन छन्।   राजपा नेता दानबहादुर चौधरीले संविधान सबैले अपनत्वग्रहण गर्ने किसिमले बनाउनु पर्ने बताए। राजपा जिल्ला अध्यक्ष शैलन्द्रकुमार यादवले संविधानमा मधेसी, जनजाति अल्पसंख्यक पीछडा वर्गहरुको अधिकार सुनिश्चितता नभएकाले अधिकार प्राप्ती नभएसम्म बिरोध जारी रहने बताए। ‘एक पक्षले खुशीयाली मनाईरहदा अर्का पक्ष अधिकार कै लागि विरोधमा उत्रेका छौ’ उनले भने ।   कार्यक्रममा राजपाका ढेड दर्जन नेताहरुले सम्बोधन गरेका थिए। खासगरी बैवाहिक अंगीकृत नागरिकता सम्बन्धी बनाइएको ७ वर्षे नियमका विषयमा नेताहरुले चर्को विरोध गरेका थिए। पार्टी जिल्ला अध्यक्ष यादवको अध्यक्षता, संदीप पाण्डेयको संचालनमा भएको कार्यक्रममा राजपा नेता तथा प्रदेश सदस्य सहसराम यादव, नेता नारायण खनाल, सुद्धोदन गाउँपालिका अध्यक्ष तथा नेता निसार अहमद खा, अब्दुल रसिद खा लगायतले संविधान अपुरो रहेकोले संशोधन गर्नुपर्ने माग गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments