2020-09-19
Province 1, Sunsari, Barah, Ward 1
धरान । बलात्कारबाट पीडित एक बालिका गर्भवती भएपछि उनको परिवार समस्यामा परेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की १४ बर्षीया बालिकालाई गत बिहीबार पेट दुख्ने विरामी भएपछि अस्पताल लगेर जाँच गराउँदा पेटमा ८ हप्ताको गर्भ रहेको पत्ता लागेको थियो । परिवारले सोधपुछ गर्दा बालिकाले गाउँकै बोखिले राई भन्ने उत्तर राईले पटक पटक बलात्कार गरेको बताएपछि परिवारले प्रहरीमा उजुरी दिएको थियो । बालिकाका एक आफन्त भन्छन्,‘पहिले नै यो विषयमा किन नभनेको भनेर सोध्दा भनिस् भने तेरो आमालाई मार्छु भनेर धम्क्याएको रहेछ । यसरी धम्कि दिंदै पटक पटक बलात्कार गरेको रहेछ ।’
बालिका माथि बलात्कार भएको उजुरीपछि शनिबार ३८ बर्षीय उत्तर राई (बोखिले) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघटीका इन्स्पेक्टर पाण्डव राजवंशीले बालिकाको परिवारले जाहेरी दिएको र आरोपीलाई पक्राउ गरेर अनुसन्धान भईरहेको बताए । इन्स्पेक्टर राजवंशीले बालिका गर्भवती भएको र उनको उमेर सानै भएकाले के गर्ने भनेर परिवार र डाक्टरसँग सल्लाह गरेर अघि बढ्ने बताए ।
मुलुकी अपराध संहिता २०७४को दफा १८९ (ग)ले जवरजस्ती करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवतीको मञ्जुरीले गर्भपतन गराउन सकिने व्यवस्था गरेको छ ।
बालिकालाई जवरजस्ती करणी गर्नेलाई कानुनले कडा कारबाहीको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४को दफा २१९, उपदफा ३ (ग)ले चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई बाह्र वर्षदेखि चौध वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19