Incident Reports

एमसीसीकाे बिराेध गर्दै जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिको प्रदर्शन

2020-09-20

Bagmati, Kathmandu, Kathmandu


काठमाडौं, ४ असोज । नेकपा (क्रान्तिकारी माओवादी) निकट जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले एमसीसीको बिरोध गर्दै प्रदर्शन गरेको छ ।

आइतबार दिउँसो माइतीघर मण्डलामा भेला भएका जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति आबद्ध व्यक्तिहरुको समुहले बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एसीसीका साथै महिला हिँसाको अन्त्य र भारतीय विस्तारबादबिरुद्धका नारासमेत लगाएका थिए । प्रदर्शनकारीहरुले ‘राष्ट्रघाति एमसीसी सम्झौता खारेज गर, भारतीय बिस्तारबाद मूर्दावाद, महिला हिँसाको अन्त्य गर, उत्पीडन मजदुरलाई गरिखान दे राेटी रोजगारी र सुरक्षा दे’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

नेपाल सरकारले पास गर्न लागेको एसीसीसी नेपाली जनतालाई स्वीकार्य नभएकाले सडकमा आन्दोलन गर्नुपरेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् । एक सहभागीले भने- ‘आजै मात्रै परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले एक टेलिभिजन कार्यक्रममा एमसीसी पास हुन्छ भनेर अन्तरवार्ता दिनुभएको छ । यदि एमसीसी पास भए नेपालमा रगतको खोलो बग्छ ।’

नेपाली जनाताको आफ्नो स्वाधिनता प्रति बलिदान दिन तयार रहेको उनीहरुको भनाइ थियो । नेपाली जनताको तागतलाई सामान्य लिए भविस्यमा अप्रिय घटना हुनसक्ने बक्ताहरुको भनाइ थियो ।

एमसीसी खारेजी आफ्नो पार्टीको मात्रै माग नभई ३ करोड जनताको माग भएका कारण यसलाई खारेजी नभए आफूहरु गोली खान पनि तयार रहेको उनीहरुको भनाइ थियो ।





तस्बीर : महेश्वर केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments