2020-09-20
Gandaki, Nawalparasi East, Kawasoti, Ward 15
नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई आइतबार राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् ।
उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैले आफैलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरी नायब उपरीक्षक खाँणले बताए। घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance