Incident Reports

बाराका मानिसले रौतहटको निर्माणाधिन पुल भत्काउँदा झडप , एक दर्जन घाइते

2020-09-21

Madhes, Rautahat, Phatuwa Bijayapur, Ward 3

रौतहट । सहमति विपरीत  सीमा विवाद भन्दै बाराका मानिसहरुले  रौतहटस्थित एक निर्माणाधिन पुल भत्काउने क्रममा झडप भएको छ । झडपमा परेर दुवै पक्षका एक दर्जन मानिस घाइते भएका छन् । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ३ मेवा गाउँ भन्दा पश्चिम अंडुवा खोलामा निर्माणाधिन पुल बारा आदर्श कोतवाल गाउँपालिकाका मानिसले सोमबार भत्काउने क्रममा झडप भएको थियो । 

झडपमा परेर मेवागाउँका परिछन साह,मातृका यादव, भनु साह,राजकुमार साह,दुखा साह, बागड राम घाइते भएका छन् । घाइते मध्ये केहिको स्थानीय र केहिको बिरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

साथै आदर्श कोतवालबाट लठीसहित आएका मानिसहरुले मेवा गाउँका सन्दिप पटेलको ना ६५ प ९४६९ नम्बरको मोटरसाइकलमा समेत तोडफोड गरेको प्रहरी चौकी मेवाका असई प्रमोद पटेलले बताए ।

झडपमा परेर आदर्श कोतवालका पनि आधा दर्जन मानिस घाइते भएको गाउँ पालिका प्रमुख मुस्तुफा अन्सारीले जनाएका छन । रौतहटको फतुवा बिजयपुर हुँदै फास्ट ट्रेक र कलैया बिरगंज को मुल बाटो मेवा गाउँको पुल भत्किएको कारण आवत जावत बन्द भएको छ । 

फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपाल प्रसाद यादवले सदियौं देखिको बाटो बाराका जनप्रतिनिधि को गलत रवैयाको कारण अवरुद्ध भएको बताए । उता आदर्श कोतवाल गाउँपालिका प्रमुख अन्सारीले रौतहट  र बाराका स्थानीय प्रशासनले रोक्का गरेको पुल मेयर गोपाल यादवले जबर्जस्ति निर्माण सुरुगरेको कारण बिवाद भएको बताए ।

आदर्श कोतवाल गाउँपालिकाको जग्गामा माटो पुर्दा मेवा गाउँका मानिसले हिजो अस्ति रोक्का गर्दा स्थानीयले पुल निर्माण रोक्क गरेका थिए । तर मेयर यादवले बल पूर्वक आज बिहान पुलको ढल्लान सुरुगर्दा झडप भएको गाउँ पालिका प्रमुख अन्सारीले बताए । 

तर सिमा बिवादको कारण पुल निर्माण अवरुद्ध हुंदा गत असारमा रौतहटका सिडियो बाशुदेव घिमिरे, बाराका सिडियो रुद्रप्रसाद पन्डित,एसपी कृष्ण पंगेनी,सिम्रौनगढ नगरप्रमुख बिजयसंकर यादव, आदर्श कोतवाल गाउँ प्रमुख मुस्तुफा अन्सारीको सहभागितामा पुल निर्माणमा कुनै किसिमको बाधा न पुर्याउने लिखित सहमति भएको थियो । 

मेवा रुपौलिया बिछ कुनै विवाद भएमा जिल्ला स्तर बाट समाधान गर्ने सहमति भएको थियो  । तर सोमबार एक्कसी बारा बाट सैयौ मानिस एकैपटक मेवा गाउँको पश्चिम अण्डुवा खोलाको निर्माणाधिन पुलमाथि आक्रमण गर्दा झन्डै ९ लाख बराबरको क्षति भएको कन्काई निर्माण सेवाका प्रमुख अरबिन्द जयसवालले बताए । 

सर्लाही रौतहट बाट सन्तपुर हुँदै कलैया विरगञ्ज जाने र सिम्रौनगढ फस्टट्रेक बाटोसँग जोडिएको मेवा सडक खण्डमा संघीय सांसद प्रभु साहको पहलमा कुल ३३ लाखको लागतमा उक सानो पुलको निर्माण भइरहेको छ । 

पुल निर्माण नहुंदा दर्जनौं  गाउँका मानिस कलैया बिरगञ्ज जान २० किलोमिटर घुमाउरो बाटो जानुपर्ने बाध्यता रहेको छ । सोमबार बिवाद भएको मेवा रुलौलिया गाउँ बिछ फेरि बिवाद दोहरिन न दिन व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सोमबार साँझमा अवस्था सामान्य देखिएपनि रौतहट र बाराका केही जनप्रतिनिधि तथा केही नेता विवाद बढाउन चलखेल गरिरहेको देखिएको छ ।  


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments

Related Reports