Incident Reports

बलात्कारको प्रयासमा तीन जना विरुद्ध किटानी जाहेरी दर्ता l

2014-05-13

Narendra Singh Karki दार्चुला । ०७१ वैशाख २९ गते तीन जना बालिका र एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तीन जनाको विरुद्ध वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ । बलात्कारका आरोपितमा हिकिला-५ का २१ वर्षीय पुष्करसिह कार्की, सोही गाविस-२ का मानसिंह बडाल र सोही गाविस-४ का करन समालको विरुद्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा किटानी जाहेरी दर्ता भएको हो । हिकिला गाविस-१ स्थित कुगेरगाडमा रहेको पानी घट्टमा गहुँ पिस्न गएको बेला १४, १५ र १६ वर्षीया बालिका र २५ वर्षीया महिलालाई वैशाख २० गते बलात्कारको प्रयास भएको इन्सपेक्टर नरेन्द्रबहादुर चन्दले बताए । उनीहरुलाई घट्ट भित्रै जबरजस्तीकरणीको प्रयास भएको थियो । पीडितले प्रहरी चौकी हुतिमा वैशाख २२ गते जाहेरी दिएपछि घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा रिफर गरिएको छ । किटानी परेका तीन जना युवक फरार रहेको इन्सपेक्टर चन्दले बताए । गाउँलेहरुले बलात्कार प्रयासको घटना गाउँमै मिलाउने प्रयास गरेका कारण घटना ढिलो गरी दर्ता भएको उनले बताए । पीडितहरुको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा वैशाख २५ गते नै स्वास्थ्य परीक्षण गरिएको छ । दुई जना भाग्न सफल भए पनि दुई जना बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । नरेन्द्रसिह काकी

0 Comments

Related Reports
Related Trend Analysis