Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-13

Gandaki, Lamjung, Sundarbazar, Ward 7

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरबजार नगरपालिका–७ निवासी ५८ वर्षीय सुब्बा भन्ने राम्जी भुजेललाई असोज ५ गिरफ्तार गरेको छ ।

पीडितले आरोपितलाई ०७७ भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७७ असोज ५ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका थियो ।

पीडितलाई आरोपितले डरधम्की देखाएको कारण घटना बाहिर आउन समय लागेको र पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी गंगाबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

उहाँले आरोपितलाई हिरासतमा राखेर घटनाकाे अनुसन्धान भइरहेको बताउनुभयो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण जिल्ला सामुदायिक अस्पतालमा गरिएको अस्पतालका प्रशासक प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments