Incident Reports

मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार, अवस्था गम्भीर

2020-09-23

Province 1, Taplejung, Sirijangha, Ward 8

असोज ८, २०७७ ताप्लेजुङ : ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन्। उनीहरुको अवस्था गम्भीर छ। स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र १८ वर्षिय छिरिङ भोटेलाई मध्यराति टाउको र गर्धनमा बाम्फोक प्रहार गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए। गम्भिर घाइते तिनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घाइते तिनै जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी गरिएको प्रजिअ चापागाईँले बताए।

सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको हो। बाम्फोक प्रहार गर्ने लाक्पा फरार रहेकाले उनको खोजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी याम्फुदिनका असइको नेतृत्वमा ३ जनाको टोली पुगेको र ईलाका प्रहरी चौकी तेल्लोकबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको डिएसपी श्रेष्ठले बताए। घटनास्थल इलाका प्रहरी कार्यालय तेल्लोकबाट ८ घण्टाको पैदल दुरीमा पर्छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports