Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2020-09-20

Madhes, Siraha, Bariyarpatti, Ward 4

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–४ का २६ वर्षीय रामकरण मण्डलविरुद्ध पीडितले असोज ७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिनु भएको छ ।

पीडित महिलालाई आरोपितले असोज ४ गते बलात्कार प्रयास गरेको इन्सेक प्रतिनिधिलाई पीडितकी सासूले बताउनु भयो ।

राति हल्ला भए पछि आरोपित भागेको र अर्काे दिन दिनभरी पानी परेकोले उजुरी गर्न ढिला भएको उहाँले जानकारी दिनु भयो ।

आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

मौखिक जानकारी असोज ६ गते नै आएकोले पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ६ गते नै भएको डिएसपी पौडेलले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments