Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपितविरुद्ध उजुरी

2020-09-18

Madhes, Siraha, Mirchaiya, Ward 2

मिर्चैया नपा–२ की ३८ वर्षीया कलासोदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडितले सोही ठाउँका ३४ वर्षीय बिनोद कापरी र पन्न भनिने नरेशकुमार कापरीविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ५ गते उजुरी दिनु भएको छ ।

असोज २ गते बिनोद कापरीकी पत्नी बिरामी भएपछि आरोपितहरूले घरमा बोलाएर “तिमी बोक्सी हौ, तिमीले नै बिरामी पारेकोले ठिक पार” भन्दै कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी उनलाई स्थानीय विष्णु पोलिक्लिनिकमा उपचारको लागि भर्ना गराएकोले समयमा उजुरी दिन ढिला भएको पीडितले बताउनु भयो ।

आरोपितहरु फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments