Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2020-09-06

Karnali, Rukum West, Chaurjahari, Ward 1

३९ वर्षीया महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै चौरजहारी नपा –१ बिजयश्वरीका २७ वर्षीय समिर सुनार विरूद्ध ०७७ असोज ७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिनुभएको छ ।

आरोपितले पीडित महिलालाई भदौ २१ गते मदिरा सेवन गरी महिलाको घरमै गएर धकर पकर पारेको र यौन दुर्व्यवहार गर्न खोजेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले इन्सेकसँग बताउनुभयो । डिएसपी केसीका अनुसार फरार रहेका आरोपिको खोजी भइरहेको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ असोज ७ गते जिल्ला अस्पताल सल्लेमा गरिएको स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका व्यवस्थापक डाक्टर महेश चौलागाइँले जानकारी दिनुभयो ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments