Incident Reports

ढुंगा प्रहारबाट घाइते युवाको मृत्यु

2020-09-24

Karnali, Jajarkot, Kuse, Ward 2

जाजरकोटकोकुशे गाउँपालिका–२ टालेगाउँका एक युवकको ढुंगा प्रहार गर्दा मृत्यु भएको छ । सामन्यविवादमा झगडा हुँदा २२ वर्षीय अर्जुन सिंहले हानेको ढुंगा लागेर २१ वर्षीय झलक सिंहको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक यमबहादुर मल्लले दिएको जानकारीअनुसार दाजुभाइ नाता पर्ने उनीहरुको बिहीबार समान्य विवाद झगडामा परिणत हँुदा अर्जुन सिंहले प्रहार गरेको ढुंगा झलक सिंहको कन्चटमा लागेर गम्भीर घाइते भएका थिए ।

गम्भीर चोट लागेर घाइते भएका झलकलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउने क्रममा शुक्रबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बिहीबार राती ९ बजे भएको विवादमा ढुंगा लागेर घाइते भएका सिंहलाई उपचारका लागि राती नै छेडागाड नगरपालिका बडावन पु¥याइएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागी जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक झलक सिंहको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पु¥याएको छ भने ढुंगा प्रहार गर्ने अर्जुन सिंह फरार रहेका छन् । घटनालगतै उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports