Incident Reports

झापामा एक महिलाको हत्या

2020-09-28

Province 1, Jhapa, Gauradhaha, Ward 1

झापा–झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ।

गौरादह नगरपालिका– १ का ६५ वर्षीया मनमाया भण्डारीको सोमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको थियो।

हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। रासस 

Update

पत्नी हत्या आरोपमा पति गिरफ्तार

गौरादह नगरपालिका–१ की ६५ वर्षीया मनमाया भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले ६४ वर्षीय पति भिमबहादर भण्डारीलाई असोज १६ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज १२ गते हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितले पत्नीको दुवै हात बाँधी धारिलो हत्यार प्रहार गरी हत्या गरेको डिएसपी थापाले बताउनु भयो ।

असोज १२ गते आरोपितले पत्नीको हत्या गरेको र आफू बजारबाट घर फर्किदा पत्नी मृत अवस्थामा भेटिएको भन्दै आरोपितले नै छिमेकीलाई खबर गरेपछि तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले अनुसन्धान गरेको डिएसपी थापाले बताउनु भयो ।

सुरूमा प्रहरीले परिवार भन्दा बाहिरको मान्छेले हत्या गरेको विषयमा अनुसन्धान गरेको र त्यसबाट हत्यारा पत्ता नलागेपछि परिवारभित्र अनुसन्धान गर्दा पति नै हत्या गरेर प्रहरीलाई झुटो खबर गरेको डिएसपी थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा असोज १३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments