Incident Reports

सिरहामा विद्यालय भवन तोडफोड

2020-09-29

Madhes, Siraha, Mirchaiya, Ward 3

सिरहा । सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुर आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवन गएराति  तोडफोड भएको छ । नव निर्मित दुई कोठे भवन भत्किएपछि विद्यालयमा भर्खरै सुरु भएको पठनपाठन प्रक्रिया अवरुद्ध भएको छ ।

गएराति खगेश्वर गोहिबार यादव नेतृत्वमा आएका समूहले बन्दै गरेको दुई कोठे भवनलाई भत्काइदिएको विद्यालयका प्रधानाध्यापक देवशंकर यादवले आरोप लगाएका छन्  । भवन भत्काएपछि भौतिक सामाग्रीहरु विद्यालय चौरमा छरपस्ट अवस्थामा छ । विद्यालयमा तोडफोड गर्ने समूहको खोज तलास गरी कडा कार्वाही गर्नुपर्ने माग स्थानीयहरुको रहेको छ ।

केही दिनअघिदेखिको विद्यालय व्यवस्थापन समितिको आपसी विवादका कारण भवन भत्काइएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको छानविन भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाइएको छ । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले विद्यालय क्षेत्रमा भएको घटनाप्रति घोर भत्र्सना गर्दै  दोषीलाई कडा कार्वाहीको दिशामा आफू अगाडि बढ्ने वताए । शिक्षा मन्त्रालय अन्तर्गत सशर्त बजेट अन्तर्गत मिर्चैया नगरपालिकाको शिक्षा शााखाको करिव १६ लाखको लागतमा उक्त दुई कोठे भवन निर्माण भइरहेको थियो ।  । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings `
National/Online Media

0 Comments