Incident Reports

बुहारीलाई यौन दुर्व्यवहार गर्ने ससुरा हिरासतमा l

2014-05-14

Gandaki, Syangja, Putalibazar

Sangita Bhat स्याङजा । ०७१ जेठ १ गते पुतलीबजार नपा-३ की २९ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका ५८ ससुरालाई वैशाख ३१ प्रहरीले गिरफ्तार गरेको छ । पीडितले आफूलाई ससुराले बलत्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यलयमा वैशाख ३० गते जाहेरी दिएकी थिइन् । घरमा कोही नभएको मौका पारी राति सुत्ने बेलामा अपशब्द प्रयोग गर्दे ढोका खोल्ने प्रयास गरेपछि छिमेकीको घरमा गई ज्यान बचाएको पीडितको जाहेरीमा उल्लेख छ । पटक-पटकको अभद्र व्यवहारले सासू समेत माइत गई बसेको र पति पनी वैदेशिक रोजगारमा भएको कारण आफू घरमा बस्न नसकी छिमेकीकोमा बस्दै आएको पीडितले जनाएकी छन् । आरोपितलाई जाहेरीको आधारमा गिरफ्तार गरी जबरजस्ती करणी उद्दोग अर्न्तगत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपिलाई हाल प्रहरी हिरासतमा राखी अनुशन्धान भई राखेको प्रहरी निरीक्षक सन्तोस तामाङले बताए । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis