Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

2020-10-01

१८ वर्षीया युवतीलाई सीमावर्ती क्षेत्र हुँदै बिक्रिका लागि भारत लगेको आरोपमा सशस्त्र प्रहरीले सप्तरी,अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का २९ वर्षीय साहिल मन्सुरी र सिरहा, लहान नगरपालिका–१९ का ३२ वर्षीय जिवछ साहलाई असोज १४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितद्वयले भारतका राम्रो रोजगारी हुने प्रलोभनमा पारी असोज १३ गते सप्तरी घरबाट फकाएर असोज १४ गते सुनसरी भण्टाबारीबाट भारततर्फ बेचबिखनका लागि लगिरहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको सशस्त्र सीमा सुरक्षा प्रहरी बल भण्टावारीका इन्स्पेक्टर भुवन खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित युवतीलाई उद्दार गरी नेपाल प्रहरीलाई जिम्मा दिएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।

गिरफ्तारीमा परेका आरोपितद्वयलाई सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

जयकृष्ण यादव

0 Comments