Incident Reports

शिक्षकको कुटाईबाट दुई विद्यार्थी घाइते l

2014-05-15

Province 1, Morang, Uralabari

Sukdev Chaudhary मोरङ । ०७१ जेठ १ गते उर्लाबारी गाविस-३ स्थित मोडेल बोडिर्ङ स्कुलका एक शिक्षकले जेठ १ गते दुईजना छात्राको टाउको भित्तामा ठोकाउनुका साथै कुटपिट गरी घाइते बनाएका छन् । विद्यालयका शिक्षक पूण्य घिमिरेले सोधेको प्रश्नको जवाफ फर्काउन नसक्दा कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या रसाइली र दीक्षा चौहान शिक्षकको कुटपिटबाट घाइते भएका हुन् । नेपाली विषयको पढाई भइरहेको बेला शिक्षकले सोधेको प्रश्नको जवाफ दिन नसक्दा एक्कासी कुटपिट गर्दै कक्षा कोठाको पर्खालमा टाउको ठोक्काई दिएको पीडित सन्ध्याले बताइन्। घाइतेको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। घाइते दिक्षा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न शिक्षकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रण लिएको थियो । पीडितले दिएको बयानको आधारमा मुद्दा अगाडि बढाउने सर्तमा जेठ ४ गते प्रहरीमा उपस्थित हुने गरी आरोपित शिक्षकलाई रिहा गरिएको इन्स्पेक्टर वेदप्रसाद गौतमले जानकारी दिए । सुकदेव चौधरी

0 Comments