Incident Reports

छिमेकी महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट

2020-09-30

Province 1, Morang, Sundarharaicha, Ward 3

 मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको छ । स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेकी हुन् ।

पीडित पक्ष बिहीबार बिहान घटनाको भिडियोसहित प्रहरी कार्यालय पुगेकी थिइन् । पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले कुटपिटमा संलग्न धनहीरालाई नियन्त्रणमा लिएको छ ।

आफ्नो शरीरमा धामी उत्रिएको भन्दै उनी थाल बजाएर मंगलबार साँझबाट चिन्ता बसेकी थिइन् । त्यही चिन्ता हेर्न आएकी छिमेकी महिलालाई धनहीराले बुधबार बिहान साढे चार बजेतिर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

धामी बस्दा प्रयोग गरेको त्रिसूलले उनीमाथि प्रहार भउको थियो । त्रिसूल प्रहारबाट महिलाको पेट, हात, काँध, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको र चोट लागेको ठाउँबाट धेरै रगत बगेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएर उठ्न नसक्ने बनेकी पीडित बुधबार दिनभर ओछ्यान परेकी थिइन् । चिन्ता बसेको ठाउँमा आएर जथाभावी गरेको र बोक्सीको तन्त्रमन्त्र गर्दैै धामीविद्यामा असर पु¥याएको भन्दै आफूलाई धनहीराले कुटपिट गरेको पीडितले बताएकी छन् ।

पीडित महिलाका श्रीमान अर्को बिहे गरेर तीन वर्षदेखि झापाको सुरुङ्गामा बस्दै आएको खुलेको छ । घरमा देवरका ८ वर्षीय छोरासहित पीडित मात्रै बस्दै आएकी थिइन् । घटना थाहा पाएपछि श्रीमान आएर उनलाई उपचारका लागि लगेका थिए ।

कुटपिट गर्ने महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउन अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments