Incident Reports

अपराधिक घटना नियन्त्रणको माग गर्दै उदयपुरमा धर्ना

2020-10-03

उदयपुर, १६ असोज । महिला माथिका अपराधिक घटना दिनदिनै बढ्दासमेत राज्यका जिम्वेवार निकाय र उच्चपदस्थ ब्याक्ति संम्बेदनशिल बन्न नसकेको भन्दै शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा एक घण्टा धर्ना दिइएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकले नै बालिका, किशोरी, महिलामाथि बलात्कार, बलात्कारपछि हत्या, लैगिंक हिंसाका घटना निकै बढेको देखाएपनि जिम्मेवार निकायले सम्बेदनशिल रुपमा नहेरेको भन्दै सामाजिक अभियन्ताहरुले सदरमुकाम गाईघाटमा धर्ना दिएका हुन् ।

महिलाको क्षेत्रमा कृयाशिल ओरेक नेपाल, महिला संजालीकरण श्रोत केन्द्र र सामुदायिक रेडियो उदयपुरको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका सामाजिक अभियन्ताहरुले लोकतान्त्रिक चोकमा उभिएर एक घण्टा धर्ना दिँदै सरकारलाई खवरदारी गरेका हुन् ।

सरकारले कोरोना रोकथामको लागि गरेको लक डाउनको समयमा प्रहरीको तथ्याङ्कले नै १ हजार २ सय २१ बलात्कारका घटना दर्ता भएको देखाउँदा समेत जिम्मेवार निकाय संम्बेदनशिल हुन नसकेको अभियान्तहरुले आरोप लगाएका छन् ।

तथ्यांकले दैनिक सात वटा बलात्कारको घटना रहेको र यो ६ महिनामा लैगिंक हिंसाकाकारण ४७ महिलाको हत्या भएको देखाएको छ ।

लक डाउनको समयमा न्यायिक निकाय र सेवाप्रदायक संस्थाहरुमा पहुँच हुन नसकेको बेलामा धेरै घटनाहरु समाज र सञ्चारमाध्यममार्फत सार्वजानिक भएको तर उजुरी प्रकृयामा नगएको घटनाले मर्माहत बनाएको ओरेकका जिल्ला कार्यक्रम संयोजक सुनिता मैनालीले बताईन् ।


ओरेकको अभिलेखिकरणमा वैशाखदेखि भदौसम्म भएका तीन सय १९ बलात्कारका घटनामध्ये ७५ प्रतिशत प्रभावित दुईदेखि १८ बर्ष मुनीका बालबालिका रहेको उनले बताईन् ।

त्यसमध्ये झण्डै ९० प्रतिशत घटना परिचित व्यक्तिबाट घर, छिमेक आफ्नै समादायमा भएका छन् । महिला तथा किशोरीका लागि घर तथा समुदाय दुबै सुरक्षित नभएको राज्यका निकाय र सरोकारवाला निकायहरुको तथ्यांकले देखाएको छ।

बलात्कृत महिला र किशोरीले घटना पछि भोग्ने शारिरीक, मानसिक, सामाजिक तथा घरेलु हिंसा र विभेदको विश्लेषण गर्न राज्य चुकेको अभियान्तहरुको भनाई छ।

त्यस्तै रेडियो उदयपुरका स्टेशन मेनेजर बन्दना दनुवारले पीडितलाई दवाव, प्रभावमा पार्नु र अपराधिलाई पंक्षपोषण गर्ने गरी घटनालाई अघि बढाउने प्रवृतिले बलात्कार जस्तो जघन्य अपराधले अझ प्रसय पाएको बताइन् ।

उनले सरकारबाट कानुनमा परिवर्तन, न्याय प्रणाली, हदम्याद बढाउने निर्णय, महिला हिंसाविरुद्धको बर्ष मनाउने लगायतका निर्णय र पछिल्ला समयमा चालेका कदमहरु सकारात्मक भएपनि बलात्कार घटना बढ्नु र पीडितले न्याय प्राप्त गर्ने वातावरणमा अझै सहज नहुनुले समाजलाई अझ अन्धकारतर्फ धकेलेको आभाष भएको बताईन् ।

कार्यक्रममा आयोजक संस्थाले शक्तिको आडमा गर्ने शोषण, असमान शक्ती दमन, हिंसा लगायत सबैखाले विभेदको अन्त्य गरी शक्तिसम्बन्धमा रुपान्तरण गर्नु पर्ने, अपराधको ढाकछोप, संरक्षण गर्ने परिपाटीले अपराधीको मनोवल उच्च रहने भएकाले कानुनको पुर्ण पालन गरी दण्डहिनताको अन्त्य गर्नु पर्ने, झन्झटिलो न्याय प्रणालीको अन्त्य गर्दै यस्ता घटनालाई उच्च प्राथामिकतामा राख्दै द्रुत न्याय प्रणाली कार्यान्वयन गर्न माग गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments