Incident Reports

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-10-01

Karnali, Humla, Simkot, Ward 7

हुम्लामा एक महिलालाई दिसा खुवाइएको छ। परपुरुषसँग लागेको आशंका गर्दै सिमकोट गाउँपालिका ७ की २३ वर्षीया महिलालाई दिसा खुवाइएको हो।

परपुरुषसँग लागेको आशंकापछि शुक्रबार महिलाका श्रीमान एबहादुर (नाम परिवर्तन)ले र गाउँहरूले जुत्ताको माला लगाएर, कालोमोसो दलेर गाउँ घुमाउनुका साथै महिलाको कपाल समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

‘परपरुषसँग लागेको आशंका महिलामाथि अमानवीय कार्य भएकोे छ,’ हुम्लाका प्रहरी प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘श्रीमानले दिसा खुवाएको कुरा पुष्टि भएको छैन तर जुत्ताको माला र कालो मोसो दलेको सत्य हो।’

महिलाले दिसा खुवाएको बताए पनि पुष्टी गर्न नसकेको प्रहरीको भनाइ छ। महिलाका देवर नाता पर्ने सँग अवैध सम्बन्धमा रहेको आशंकामा उनका श्रीमान र गाउँले मिलेर दुबै जनालाई हातखुट्टा बाँधेर कुटपिट गरेको, अनुहारमा कालोमोसो दलेको र जुत्ताको माला लगाएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ दुबै जनाले भेटघाट गरेको र छुट्टिदा एक-अर्काको फोन साटिएपछि उनीहरुबीच अवैध सम्बन्ध रहेको आशंकामा शुक्रबार बिहान श्रीमान र गाउँलेले अमानवीय व्यवहार गरेका हुन्।

गाउँमा किशोर÷किशोरीमाथि अमानवीय कार्य भइरहेको जानकारीपछि धारापोरी प्रहरी चौकीकोे टोली शुक्रबार घटनास्थल पुगेर उनीहरुको उद्दार गरेको हो।

कुटपिटका कारण दुबै जना घाइते भएका छन्। हातखुट्टा र शरिरको तल्लो भागमा घाउ, निलडाम देखिएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसोदेखि दुबै जना प्रहरी सुरक्षामा छन्।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले किशोरीका श्रीमान्सहित सात जनालाई नियन्त्रणमा लिएर घटनाबारे छानविन भइरहको जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments