Incident Reports

राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा मसाल जुलुस

2020-10-03

Lumbini, Rupandehi, Butwal

बुटवल — प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ ।

रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । सहभागीले 'अन्तर्घाती नेकपा मुर्दावाद', 'राजधानी रुपन्देही कायम गर', 'बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर', 'राजधानी सार्ने औचित्य प्रस्ट पार' लगायतका नारा लगाएका थिए । राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो । 

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले राजधानी रुपन्देहीबाट अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे । उनले कुनै हालतमा रुपन्देही बाहिर राजधानी हुन नदिन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments