Incident Reports

पीडित पत्रकारको अनशन जारी

2020-10-02

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं–आफ्ना मागको सुनुवाइका लागि दबाब दिन मिडिया हाउसबाट पीडित पत्रकार र कर्मचारीहरुले रिले अनशन जारी राखेका छन्। 

पाँच दिने रिले अनशन बिहीबारदेखि नयाँ बानेश्वरमा सुरु भएको हो। कोभिड–१९ को बहानामा निष्कासन गरिएका पत्रकार तथा कर्मचारी पुनर्बहालीको माग उनीहरुले राखेका छन्। 

सरकारले तोकेको पारिश्रमिक अनिवार्य उपलब्ध गराउनुपर्ने तथा मिडिया हाउसले बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने माग पत्रकारले राखेका छन्। जबर्जस्ती राजीनामा गर्न वाध्य गराइएकाले त्यसलाई उल्ट्याउनुपर्ने तथा बदनियतपूर्वक गरिएका सरुवा मान्य नहुने आन्दोलनरत पत्रकारले जनाएका छन्।  छ महिना काम गरेपछि अनिवार्य स्थायी हुनुपर्ने तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुनुपर्ने आन्दोलनरत पत्रकारको माग छ।

पत्रकारका आन्दोलनमा पत्रकार महासंघले पनि साथ दिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments