Incident Reports

निषेधाज्ञाका बावजुद बुटवलमा प्रदर्शन

2020-10-04

Lumbini, Rupandehi, Butwal

बुटवल — बुटवलबाट राजधानी दाङ लैजाने प्रस्तावको विरोधमा बुटवलमा आइतबार बिहानैदेखि प्रदर्शन  सुरु भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बावजुद संघर्ष समितिको अगुवाइमा रुपन्देहीका व्यावसायिक संघसंस्थाले जुलुस निकालेका हुन् ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको जुलुस ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । 

शुक्रबार प्रदेशसभामा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट, यातायात, मजदुरलगायतका आधा दर्जनभन्दा बढी संघसंस्थाको शनिबार बसेको बैठकले राजधानी कायम गर्न संघर्ष समिति बनाउनुका साथै आइतबार बिहान प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनका सहभागीले रुपन्देहीलाई राजधानी कायम गर्न माख राखी ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’ जस्ता नारा लगाएका थिए । 

र्‍याली सुरु भएपछि बुटवलमा सयौं सुरक्षाकर्मी परिचालन गरिएका थिए । प्रदर्शनकारी ट्राफिकचोकमा पुगेपछि केही व्यक्तिले पुष्पलाल पार्क नजिक टायर बालेका थिए । राजधानी सार्ने निर्णयको विरोधमा तिलोत्तमा, सिद्धार्थ नगर, सैनामैना, देवदहमा पनि प्रदर्शन भइरहेका छन् । 


प्रदर्शनमा सहभागी बुटवल उद्योग वाणिज्य संघले राजधानी सार्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले विज्ञप्ति निकाल्दै प्रदेश राजधानी अन्यत्र सार्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार बुटवल बन्दको आह्वान गरेको छ । बन्दका कारण मुख्य सडकमा अत्यावश्यक गाडी मात्रै फाट्टफुट्ट चलेका छन् । पसल, बजार बन्द छन् ।

मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । बुटवलका राजमार्ग चौराहादेखि, मिलनचोक, बसपार्क, अस्पताललाइन, नेपालगन्ज रोड, मैनाबगर, बेलबास, तिलोत्तमाको मणिग्राम चोक, मंगलापुर, भलवाडी आदि स्थानमा बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार राति सूचना जारी गर्दै रूपन्देही जिल्ला प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । प्रशासनको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि ५ जनाभन्दा बढी भेला हुन र प्रदर्शन गर्न रोक लगाइएको छ । 

सहमति जुटाउन नेकपाले डाक्यो सर्वदलीय बैठक

प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्तावमा सहमति जुटाउन नेकपा संसदीय दलले आइतबार मध्याह्न १२ बजेलाई सर्वदलीय बैठक डाकेको छ । 

बैठकमा कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य सहभागी हुने नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले बताए । सर्वदलीय बैठक डाकेर छलफल गराउन निर्देशन दिएर मुख्यमन्त्री शंकर पोखरेल भने शनिबार नै काठमाडौं पुगेका छन् । 


प्रदेशसभामा विपक्षी दलका नेता कांग्रेसका वीरेन्द्रप्रसाद कनौडियाले छलफलमा सहभागी भएर आफ्ना विचार व्यक्त गर्ने र विरोध जारी राख्ने बताए । ‘हामी यो प्रस्ताव फिर्ता हुनै पर्छ भन्नेमा छौं,’ उनले भने, ‘यही प्रस्ताव नै ल्याए पनि पहिला राजनीतिक दलमा छलफल र सहमती गराएर ल्याइनुपर्छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments