Incident Reports

कुटपिट गरेको भन्दै पतिविरुद्ध उजुरी l

2014-05-18

Province 1, Bhojpur, Shadananda

Kiran Rai भोजपुर । ०७१ जेठ ४ गते किमालुङ गाविस-३ भैसेकी ३२ वर्षीया उषाकुमारी तामाङले पति ३४ वर्षीय इन्द्रकुमार तामाङ विरुद्ध कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ ४ गते उजुरी दिएकी छन् । सामन्य घरायसी विवादका क्रममा तामाङले मादकपदार्थ सेवन गरी पत्नी उषाकुमारीलाई वैशाख २८ गते कुटपिट गरेका थिए । कुटपिटबाट उषाको शरीर र अनुहार नीलडाम रहेको छ । कुटपीटपछि पीडित न्याय खोज्दै सदरमुकाम भोजपुर आएको बताइन् । पतिलाई कारबाहीको माग गर्दै पीडितले महिला जिल्लास्थित मानवअधिकार रक्षक सञ्जालमा समेत निवेदन दिइएकी छन् । पीडितले दिएको निवेदनमा आफूलाई पतिले यसअघि पनि पटक-पटक कुटपिट गरी झुठा आरोप लगाएर मानसिक तनाव दिने गरेको उल्लेख गरेकी छन् । स्थानीय चन्द्रसूर्य माविको शिक्षक समेत रहेको तामाङले मादकपदार्थ सेवन गरेर सामाजिक विकृति फैलाएको छिमेकीको भनाई छ । पीडितले उजुरीमा पतिलाई कानुनी कारबाही र अंशको समेत माग गरेकी छन । उजुरीको आधारमा आरोपित पक्षलाई झिकाएर छलफल गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नान्तीराज गुरुङले बताए । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis